swagat

मेरो पान्ना मा यहाँहरु लाई हार्दिक स्वागत छ । माफ गर्नुस् अल्छि छु, सुर चलेको बेला मात्रै मन मा लागेका किरिकिरी अथवा टुक्राटाक्री बिचार राख्ने छु ।

Tuesday, February 14, 2012

भ्यालेन्टाइन का कुरा !

१४ फरवरी , भ्यालेन्टाइन डे

सुषमा मेरो पत्नी मात्र होइन 'बेष्ट फ्रेन्ड' पनि हो । एउटै स्त्रीमा , कुनै पनि मानिसले आफ्नो ' पत्नी र सबै भन्दा असल साथीको मिस्रण' पाउनु अपुर्व भाग्य हो । सुषमालाइ एकताका फिल्म अभिनेत्री अंशुमाला शाही भनेर बढता चिनिन्थयो । सुषमा उस्को घरमा बोलाउने नाम हो । २०४४ साल तिर , चलचित्र अभिनेत्रीहरुका बिषयमा मैले बनाएको एक टेलिभिजन कार्यक्र निर्माणका दौरानमा मैले सुषमालाइ पहिलो पटक देखे । देख्ने बित्तिकै बेहिसाब मन पराए । 'लभ एट फस्ट साइट' भन्ने शब्दावलि मेरा निम्ति कुनै किताबमा पढेको थेगो वाक्य नभएर , जिवनमा आफै महसुस गरेको यथार्त हो । नेपाली फिल्म इतिहास कै सर्वाधिक शिक्षित र सुस्कृत अभिनेत्री मध्धे एक , सुषमा संग , उनले चाहिन भने , म अर्को जिवनममा पनि विबाह गर्न चाहन्छु !

मेरा तमाम कमी कमजोरीहरुका बाबजुद पनि , सुषमाले आफ्नो तर्फबाट , मलाइ , अविरल रुपले माया दिइ राखी । सुषमाको माया म प्रति हमेशा सागर झै एकनास रहयो । कहिले घटबढ भएन । सुरुका बर्षहरुमा म सित बस्न सजिलो थिएन । घरबाहिरका मानिसहरुका निम्ति म एक प्रसिद्ध , सनकी र मनमौजी मानिस थिए भने , घर भित्र चाहि आफुले चाहेको कुरा 'हुनै' पर्ने जिद्दी बच्चा जस्तो थिए । मेरी आइरिस दिदी ब्रिजिट भन्थी ' सुषमाले घरमा दुइ होइन तिन वटा बच्चा हुर्काउनु पर्छ । तेस्रो बच्चा हुर्काउन चाहि असमम्भव छ । ' सारा र सारांस बाहेक ब्रिजिटले संकेत गरेको सुषमाको तेस्रो बच्चा अरु कोहि नभएर म नै थिए !

सुरुका बर्षहरुमा , ब्रिजिटले मलाइ 'सुध्रन असम्भव बच्चा ' ठोकुवा गरेता पनि पछि गएर , मेरा महान गुरुहरुको आशीर्बाद र सुषमाको अनवरत प्रेमले गर्दा मेरो जिवनका पछिल्ला बर्षहरुमा छाएको सुख , सन्तोष र शान्ति देखेर आजभोली ब्रिजिट खिस्स हासेर भन्छे ' विजयलाइ देखेर , मान्नै पर्ने हुन्छ , यो संसारमा मानिस , यसरी रुपान्तरित पनि हुन सक्दो रहेछ '

जिवनमा धेरै उतार चढाव देखे पछि मात्र मलाइ महसुस भयो - प्रेम भनेको 'अपेक्षारहित' रुपले दिने , दिने र दिदै मात्र जाने भावना र क्रिया नाम रहेछ । अर्को पक्षले 'लिए' बापत केहि फर्काएको छ वा छैन ? भन्ने हिसाब किताब कहिलै नगरि , दिदै मात्र जाने मानिस साचो अर्थमा 'प्रेमी' शब्दको हकदार हो । यो प्रसंङमा मैले , अत्यन्तै उच्च स्तरको आध्यामिक प्रेम वा विश्व प्रेमको कुरा गरि रहेको छैन । मैले 'यति' गरे बापत उस्ले मलाइ 'कति' गर्यो त ? भन्ने हिसाब किताब मनमा आउने बित्तिकै बुझनुस तपाइ कुनै प्रेममा होइन 'बिजनेश डिल ' मा हुनु हुन्छ । जब एक जोडी , बिना कुनै हिसाब किताब , एक अर्कालाइ एकहोरो रुपले खाली दिइ मात्र राख्छन तब भन्न सकिन्छ - वाह ! क्या प्रेम छ !!

त्यस अवस्थामा परम आश्चर्यको कुरा के छ भने , कुनै अपेक्षा नराखेर तपाइले निरन्तर दिइ मात्र राख्नु भयो भने भयो भने - तत्काल वा कुनै अर्को दिन भविष्यमा , तपाइले दिनु भएको भन्दा धेरै गुणा बडी प्रेम तपाइकोमा स्वचलित रुपले आफै आइ पु्ग्छ । यसको विपरित , यदि तपाइ आफ्नो प्रेमी संग अपेक्षा मात्र राखनु हुन्छ र तपाइको प्रेमी पनि तपाइ संग माया 'पाउन' मात्र चाह्न्छ, दिन जान्दैन भने दुबैको भागमा निरासा बाहेक केहि पनि हात लाग्ने छैन । एउटा 'मगन्ते' ले अर्को 'माग्ने' लाइ के पो दिन सक्छ र ? एक भिखारीले अर्को भिखारीलाइ के पो दिन सक्छ र ? दुबैले , एक अर्कालाइ अपेक्षारहित रुपले दिइ राखे पो भन्न सकिन्छ - वाह ! क्या प्रेम छ !!

हुनत आजभोली दुनियामा प्रेमको नया परिभाषा आएको छ जस्ले भन्छ - 'प्रेम भनेको लिने -दिने बराबर हुनु पर्छ ' । यो सुनेर मलाइ हांसो उठछ । मानौ प्रेम भनेको अरु केहि नभएर लेखापालको 'ट्रायल ब्यालेन्स ' हो जहा डेविड र क्रेडिट बराबर हुन अनिवार्य छ ! नारान गोपाल दाइले गाएको एक गीत छ ;

'मायाको आधारमा
समझौता नै हुन्छ
लिनु पर्ने जे छ
दिनु पर्ने जे छ
त्यो बराबर हुन्छ '

यो गीतका समबन्धमा , मैले नारान दाइ संग एक दिन ठट्टा गर्दै सोधे 'दाइ , यो गीत कुनै 'एकाउन्टेन्ट' ले लेखेको हो कि क्या हो ?' सुनेर मस्त हासेका थिए नारान दाइ । एक छिन पछि जवाब दिए ' यो एक व्यबाहरिक सत्यको गीत हो , अल्टिमेट टुथ ( पारमार्थिक सत्य ) होइन ' ।

नारान दाइको त्यो मस्त हांसो सम्झेर , आज पनि मेरो ओठमा , एक मु्स्कान स्वचलित रुपमा उत्पन्न हुन्छ । सुषमा मलाइ भन्छे ' जब जब तिमी मस्त भएर खुसीले मुस्कुराउछौ , मेरो सारा संसार उज्यालिन्छ ! '

सन्दर्भ स्रोत : पत्रकार बिजयकुमार को अप्रकासित कृति (उहाँ ले आफ्नो पुस्तक को नाम् उल्लेख गर्नु भएको छैन् )।

Friday, February 3, 2012

ग्याँस पुराण !

धेरै समय अगाडि रहरै रहर ले यो ठाउँ बनाको, मनका कुरा पोखौँला भनेर तर फुर्सद निकल्न सकिएन ( साँच्चै भन्दा ढंग र जाँगर दुबै नभएर )। धेरै घटना भए समयान्तर मा । blogger मित्र हरू समय सान्दर्भिक या असान्धर्भिक, आफ्न कुरा जोड्तोड ले रखिरहेका पाउँछु । आफुलाई पनि जोश चल्छ, दुई लाइन लेख्यो...... के लेख्छु भनेर सुरु गरेको भन्ने नै बिर्सिन्छ अनि के लेख्नु ? झिम्रिक्क पर्‍यो बस्यो । आज चाँही लेखेरै छोड्छु जे होला होला फाटेको झोला :)
आफू परियो निशाचर (रातभरी काम गर्ने दिनभर आरम गर्ने )एक हप्ता देखि ग्याँस को चक्कर मा राम्रो सँग सुत्न पनि दियेकी छैन् बुडीले । हुन त आफू सँग दुई दुई वटा सिलिन्डेर छन् भएर क्यार्नु, बेलाँ पैसो थिएन अब अहिले धेरै पैसा तिर्छु भन्दा पनि मरि गए पाइन्न । अफिस बाट बिहान घर आइपुगेर सुत्छु भन्यो बुडीको ग्यास पुराण सुरु .... हिजो त अत्ती भो बुडी ले ग्यास सकिन लाग्यो भनेर चुलो बन्द आन्दोलन सुरु गरि अब परेन फसाद ? खाली सिलिन्डर बोकेर हिडियो ग्यास खोज्न । दिनभरी लाएर बाफल पुगेर ल्याइ पुर्याइयो ग्याँस । बिहान आठै बजेर एक थाल बजाएर दिनभरी सुत्ने मान्छे बल्ल बल्ल चार बजे खाना भेटियो । दिनभरी भोकै निन्द्रा को कुरै छोडम । अनिन्द्रै मा अफिस ..... रातभरी झुलेर हैरान । जे होस् एकदिन को भोक र निन्द्रा स्वाह पारे पछि कम्तीमा एक महिना लाई ग्यास को कारण ले निन्द्रा खराब नहोला । जय नेपाल् ! लाल सलाम कम्रेड छपामार !


Monday, September 26, 2011

सम्बेदनाहिन समाचार च्यानलहरु !

नेपाली टेलिभिजन च्यानलहरु हेर्दा म कहीले काहिँ आतंकित महसुस गर्छु । केही समय अगाडि गएको भुकम्प को नै कुरा गरौं सबैजसो समाचार च्यानलहरु अगाडि सुचन दिने दौडमा मात्रै देखिए,प्रतिस्पर्धा बीचमा पहिले सुचना दिन खोज्नु गलत पक्कै होईन तर के सुचना पहिले दिनु मात्रै सफलता हो ? सुचना सहि हुनु पर्छ की पर्दैन ? त्यस रात समाचार च्यानल हरुले दिएका समाचार हरुमा एकरुपता थिएन कतिपय त परस्पर बिपरित समेत थिए । कोहि भन्छन् भुकम्प फेरि आउन सक्छ । कोहि भन्छन् आफ्टर shocks धेरै आइसके अब आउदैन । कस्का कुरा पत्याउने ? दुर्घट्ना भएपछिका तस्बिर देखाउन पनि तेस्तै हतार, सम्पादन नगरिएको द्रिस्य भन्दै रगताम्य र बिभत्स द्रिस्य आङ नै सिरिन्ङ पार्ने गरि देखाईन्छ । आज घन्टाघर मा गोली लागेर मरेका ब्यक्तिको पनि सल्यक्रिया गर्न लाग्दाको जस्तो लाग्ने द्रिस्य देखाईदै थियो । गोलीले बनाएको घाऊ म औंला हालिएको द्रिस्य हेर्न गार्हो भैरहेको थियो मलाई, शायद अरुलाई पनि भएको हुनु पर्छ । समाचार बाहेक का अन्य कार्यक्रमहरुमा पनि अनावश्यक मसला हालेर चर्को बनाइन्छ, उत्तेजित पार्ने गरि शब्द हरुको प्रयोग गरिन्छ । के यस्तै हो पत्रकारिता ?

आरम्भ !

बाहिर हिजो राती देखि लगातार् परिरहेको झरी अलिक काम भएको जस्तो छ । ३/४ दिन देखि नरम्रा खबरहरु मात्रै सुन्नु पारेको छ, बुद्ध एअर को जहाज दुर्घट्ना,घन्टाघर गोलिकान्ड । आशा गरौं नजिकै आइरहेको दशैं अगाडि फेरि मनै चिसो हुने घटना देख्न सुन्न नपरोस । यो ब्लग सुरुवात गर्ने दिनको रुपमा जुन दिन रोजियो शायद अली शुभ दिन परेन की ? ब्लग को नाम् नपाएर अथवा यो नाम राम्रो लागेर रोजें,अन्यथा नसोचियोस । चर्चित ब्यान्डको नाम् चोरेकोमा माफि चाहन्छु ।